जनकपुरधाम, २३ भदौः मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले अहिलेको परिस्थितिमा नेपालले अन्तरराष्ट्रिय समुदायसँग राहत नभई जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्नुपर्ने समय आएको बताउनुभएको छ । रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घको सक्रियतामा सङ्कलित राहत सामग्री सार्वजनिकीकरण कार्यक्रममा आज मुख्यमन्त्री यादवले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिका लागि…