ब्रेकिंग न्युज

विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुँदै



विराटनगर, १० असोज

कोशी प्रदेशको राजधानी विराटनगरमा यही असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा हुने सो सम्मेलनमा सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपाय, सङ्घीय शासन व्यवस्थाको सुदृढीकरण, प्रदेश सरकार गठन तथा सञ्चालनका क्रममा भएका असल अभ्याससहित अनुभवको आदानप्रदान, प्रदेशस्तरीय एवं तीन तहका सरकारबीचको समन्वय एवं सहकार्य, सुशासन र आर्थिक समृद्धिलगायतका विषयमा छलफल केन्द्रित हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहने विराटनगर सम्मेलनलाई व्यवस्थित एवं सफल बनाउन आवश्यक पूर्व तयारीको काम सुरु भइसकेको जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीका आर्थिक सल्लाहकार मोहन सुवेदीले सडक तथा पुल निर्माण, उद्योग एवं पर्यटन प्रवर्दनसहित आर्थिक गतिविधिलाई चलायमान बनाउन र प्रदेशस्तरीय सम्बन्ध अझ सुदृढ तुल्याउन मुख्यमन्त्री सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । यसैगरी, कोशी प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद भट्टले असोज २२ र २३ गते आयोजना हुने मुख्यमन्त्री सम्मेलनमा प्रदेशमन्त्री, योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता र उच्च सरकारी अधिकारीहरूको समेतको उपस्थिति रहने जानकारी दिँदै सङ्घीयता कार्यान्वयनसहित राजनीतिक, आर्थिक, सामाजिक, विकास निर्माण, कानुनी, व्यावहारिक पक्षमा छलफल भई स्पष्ट दिशानिर्दश गर्न सम्मेलन सफल हुने बताउनुभयो । —

प्रकाशित : १० आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६