ब्रेकिंग न्युज

मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत प्राप्त



विराटनगर, ८ भदौ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न उहाँले प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम प्रस्ताव पेस गर्नुभएको थियो । मुख्यमन्त्री कार्कीको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्यले मत दिनुभयो । उहाँले ५७ मत प्राप्त गर्नुभएको छ । कोशी प्रदेशसभामा एमालेका ४० र नेकपाका १७ सदस्य छन् । विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गर्नुभयो । नेपाली कांग्रेसका २९ सदस्य रहेकामा विपक्षमा २२ मत परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखसहित पाँच सदस्य छन् । उहाँहरू तटस्थ रहनुभयो । जनता समाजवादी पार्टीका एक मात्र प्रदेशसभा सदस्य निर्मला लिम्बू आजको सभामा उपस्थित हुनभएन भने एक जनाले यसअघि राजीनामा दिइसक्नुभएको छ । विश्वासको मतदान प्रक्रियामा ८३ सदस्य सहभागी हुनुभएको थियो । प्रदेशसभाको अर्को बैठक यही भदौ ९ गते दिउँसो १ः०० बजे बस्नेछ । —

प्रकाशित : ८ भाद्र २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६