बुटवल १० कार्तिक । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले आफूहरू सरकार ढलाउने खेलमा नलागेको बताएका छन्। नेकपा एमाले तिलोत्तमा नगरपालिकाको नगर अधिवेशन उद्घाटन गर्दै पौडेलले एमालेको ध्यान सिंहदरबारभन्दा पनि निर्वाचनमा भएको बताएका हुन्।हामी सरकार ढलाउने खेलमा छैनौं, हाम्रो ध्यान निर्वाचनमा केन्द्रीत छ। निर्वाचनबाटै हामी फेरि सिंहदरबार छिर्छौुं, उनले भने।उनले हाल सरकारबाट बाहिरिए पनि आफ्नो पार्टीको ध्यान…