प्रदेश

सिटौलासँग आशीर्वाद लिन पुगेका विश्वप्रकाशले के पाए ?



काठमाण्डौं, ०४ पुष । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलाबाट बधाई तथा आशीर्वाद ग्रहण गरेका छन् । आइतबार सिटौला निवास चण्डोल पुगेका शर्मालाई सिटौलाले आशीर्वादसहित टीका र खादा लगाइदिएका हुन् । प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका शर्माले चार दिन पछि सिटौलालाई भेटेका हुन् । शर्मा पुस १ गते महामन्त्रीमा निर्वाचित भएका थिए । सिटौलालले उनलाई विगतमा जे जे भयो, तीतामीठा सबै बिर्सेर अघि बढ्नु पर्ने बताए।

‘तिमी महामन्त्री भयो। अझै अघि बढ्नू। विगतमा जेजे भयो ती सबै तीतामीठा कुरालाई अब बिर्सिऔं,’ सिटौलाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।काँग्रेसका पूर्वमहामन्त्री सिटौला र नवनिर्वाचित महामन्त्री शर्माको गृहजिल्ला झापा नै हो । काँग्रेस राजनीतिमा सिटौला र शर्मा पछिल्लो समय एउटै कित्ता छैनन् । झापाको काँग्रेस राजनीतिमा सिटौला र शर्माबीच चर्को प्रतिस्पर्धा रहँदै आएको छ ।१४ औं महाधिवेशनमा सिटौला शेरबहादुर देउवा समूहमा जोडिएपछि शर्मा सिंह क्याम्पमा पुगेका थिए । सिटौलाले देउवा समूहबाट आफू निकट प्रदीप पौडेललाई अगाडि सारेका थिए भने देउवाले बाँकी अर्को सिटमा प्रकाशशरण महतलाई महामन्त्रीको उम्मेदवार बनाएका थिए । देउवा र सिटौला निकट महत र पौडेललाई पराजित गरी शर्मा सिंहको प्यानलबाट महामन्त्री बनेका हुन् ।

सिटौलाले गगन थापा र शर्मालाई रोक्न पौडेललाई महामन्त्रीको रुपमा अगाडि बढाएको महाधिवेशनताका काँग्रेस वृत्तमा चर्चा हुने गरेको थियो । तर शर्मा महामन्त्री भएपछि सिटौलाको बधाई तथा आर्शिवाद लिन निवासमै पुगेका हुन् । काँग्रेसमा ‘संस्कारी’ नेताको पहिचान बनाएका शर्माले शीर्ष नेतालाई भेटेर बधाई तथा आर्शिवाद लिइरहेका छन् ।

प्रकाशित : ४ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६