काठमाडौँ,८ कार्तिक । निर्वाचन आयोगले विभिन्न तहको चुनावबारे सरकारसँग छलफल गरेको छ। आयोजका पदाधिकारीहरुले सोमबार बालुवाटार पुगेर प्रधानमन्त्री तथा चुनावसँग सरोकार राख्ने मन्त्रीहरुसँग छलफल गरेका हुन्। निर्वाचन आयोगका सहसविच यज्ञप्रसाद भट्टराईका अनुसार प्रधानमन्त्रीसँग आयोगले राष्ट्रियसभाको एक तिहाइ सदस्यको चुनाव, प्रतिनिधिसभा एवं प्रदेशसभाको उपनिर्वाचन र स्थानीय तहको चुनावबारे छलफल गरेको हो।राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ जना…