काठमाडौं, ३० साउन । सत्तारुढ नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले आज (शुक्रबार) सामुहिक राजीनामा दिएका छन् ।कांग्रेसको विधानमा रहेको व्यवस्थामा असन्तुष्ट उनीहरूले लिखित रुपमा सामुहिक राजीनामा दिएका हुन् । उनीहरुले आमन्त्रित केन्द्रीय सदस्यलाई मात्रै महाधिवेशन प्रतिनिधिका लागि बुथमा गएर चुनाव लड्ने नियम राखिएकामा आपत्ति जनाएका थिए।आफूहरुमाथि पार्टीबाट अन्याय भएकाले राजीनामा दिएको एक आमन्त्रित केन्द्रीय सदस्य…