अर्थ-वाणिज्य

कुरीतीको संरचना भत्काए मात्र वाल विवाह रोकिन्छ : नायिका थापा



कपिलवस्तु  २९ साउन।वालविवाह न्युनिकरणमा युवाको ठुलो भुमिका हुने नायिका रेखा थापाले बताउनु भएको छ । सञ्चारीका समुह केन्द्रले  वालविवाह न्युनिकरणमा युवाको संलग्नता र पहल विषयक राखेको बेबिनार कार्यक्रममा नायिका थापाले यस्तो बताउनु भएको हो । छोरीलाई सिपमुलक शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै वालविवाह रोक्न घर भित्र र राज्य दुवै जवाफदेहि हुनु पर्ने औल्याउनु भयो । “छोरा छोरी भार ठान्ने अभिभावकले बरु सन्तान नजन्माऔ , जन्माइसकेपछि छोरा छोरी दुबैलाई  समान शिक्षा दिदै उमेर पुगेपछि मात्र विवाह गरिदिनु पर्छ ,” नायिका थापाले जनाउनु भयो ।  

उहाँले अगाडि भन्नु भयो “सरकार जिम्मेवार हुुनुपर्छ , घर भित्र र समाजको कुरीतीको सम्रचना भत्काइनु पर्छ , तब मात्र वालविवाह रोकिन्छ ” । कार्यक्रममा अभियान्ता प्रशंसा केशीले सामाजिक सम्रचना र नाई भन्न नसक्ने सन्तानले गर्दा वालविवाह हुने गरेको बताउनु भयो । वालविवाह अन्त्य गर्न घरबाटै आवाज उठाउनु पर्ने , त्यो पनि युवाबाटै आवाज उठाउनु पर्ने उहाँले जनाउनु भयो । त्यस्तै अभियान्ता रचना सुनुवारले वालविवाह गर्नु सामाजिक अपराध हो भन्दै यसलाई रोक्न सबै जनाले आआफ्नो ठाउँबाट एक्यवद्धता जनाउनु पर्ने बताउनु भयो । 

सबै जिम्मेवार भएमा परिवर्तन हुन्छ , हिजो सतिप्रथा थियो , आज छैन । परिवर्तन सम्भव छ , तर चुनौतीलाई खेप्नु पर्छ , सुनुवारले भन्नु भयो । कार्यक्रममा पत्रकार वसन्त प्रताप सिंहले छोरीलाई समाजले जब सम्म भारको रुपमा हेर्छ , तबसम्म वालविवाह रोक्न गाह्रो हुने बताउनु भयो । मनोविद् करुणा कुवँरले वालविवाह आर्थिक रुपमा मात्र नभई मानसिक र भावनात्मक रुपमा हुने गरेको बताउनु भयो । वालविवाह अन्त्य गर्न भावनात्मक सुरक्षा  स्थानिय तह र युवाको ठुलो भुमिका हुने बताउनु भयो । 

युएनएफपिएको सहयोगमा भएको कार्यक्रमको सहजिकरण सञ्चारिक समुहका केन्द्रीय अध्यक्ष नितु  पण्डितले गर्नु भएको थियो । कार्यक्रममा मुलुकभरका युवाहरुको सक्रिय सहभागिता रहेको थियो । विश्व अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा कार्यक्रम राखिएको थियो ।एक अध्ययनका अनुसार नेपालमा ४१ प्रतिशत वालिकाको विवाह हुदै गर्दा ११ प्रतिशत वालकको वालविवाह हुने गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अहिले पनि नेपालमा वार्षिक १३ हजार वालविवाह हुदै आएको छ । जस मध्ये वढी वालिकाको हुने गरेको छ ।

२० वर्ष नपुगी गरिएका विवाह स्वतःरद्द हुने , विवाह गर्ने केटा केटीका साथै गराउने व्यक्तिलाई ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै हुन सक्ने व्यवस्था गरिएको छ । नेपालले बालविवाहलाई २०२० सालमै गैरकानुनी ठहर गरेको हो । दिगो विकास लक्ष्यले पनि बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ । सरकारले पनि सन् २०३० सम्ममा मुलुकबाटै बालविवाह अन्त्य गर्ने राष्ट्रिय रणनीति अनुमोदन गरेको छ ।

प्रकाशित : २९ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६