पर्यटन

कपिल प्रज्ञा पुस्तकालय वाङमय क्षेत्रमा थप सुदृढ बन्दै



कपिलवस्तु २८ कार्तिक ।कपिल प्रज्ञा पुस्तकालय वाङमय क्षेत्रमा थप सुदृढ बन्दै गएको छ । फलस्वरुप सस्थागत सदृढीकरणका कामले गति लिएको छ । सोही अनुसार कपिलवस्तुकै साहित्यीक क्षेत्रको भण्डार मानिएको कपिल प्रज्ञा पुस्तकालयको तेस्रो वार्षिक साधारणसभा  प्रतिस्ठानको भवन कपिलधाममा सम्पन्न भएको छ ।

सो साधारणसभामा संस्थाका सचिव दुर्गा प्रसाद पौडेलले संस्थाको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष शान्ति खनालले आर्थिक बर्ष २०७७/०७८ को कुल ३ लाख ३९ हजार बराबरको आय(ब्यय सार्बजनिक गरेकि थिइन ।कार्यक्रमका प्रमुख अतिथि तथा सामाजिक बिकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख सुर्य प्रसाद भुसालले मानव सर्वश्रेष्ठ प्राणी रहेकोले मानव जातिको ज्ञान पुस्तकमा रहने हुँदा पाठकहरुलाई पुस्तक अध्ययन गरि क्षमता विकास गर्न आग्रह गरे ।

कार्यक्रममा कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य , प्राकृतिक चिकित्सा कपिलवस्तुका अध्यक्ष आत्माराम आचार्य, योगि कृष्ण गुरु जि, बिष्णुराज आत्रेय प्रतिस्ठानका अध्यक्ष विष्णु भन्डारी लगायतले साधरण सभा सफलताको शुभकामना दिएका थिए ।संस्थाका उपाध्यक्ष बिनिराम पौडेलको स्वागत र कपिल प्रज्ञा पुस्तकालयका अध्यक्ष इन्द्र बहादुर कोइरालाको अध्यक्षता सचिव दुर्गा प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियोे । साथै सो पुस्तकालयमा धार्मिक, साहित्यिक, स्वास्थ, योग सम्बन्धि २५ सय थान पुस्तक रहेको पुस्तकालयका अध्यक्ष कोइरालाले बताएका थिए ।

प्रकाशित : २८ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६