काठमाडौं, १३ जेठ । डायलाइसिसको उचित प्रबन्ध नहुँदा कलाकार आदर्श मिश्राका बाबुको निधन भएको समाचारले देशकै ध्यान तानिएको छ । विनोदलाई बचाउन आदर्शको परिवारले गरेको अथक संघर्ष वियोगमा सकिएको छ । तर, देशको दुःखान्त अझै जारी छ । किनकि देशको स्वास्थ्य प्रणाली असंवेदनशील हुँदा १५ हजार परिवार मिर्गाैला प्रत्यारोपण र डायलाइसिसको पर्खाइमा पिल्सिएका छन् ।देशमा मिर्गाैलाका करिब ८५ हजार बिरामी…