काठमाडौं, १४ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले शनिबारका लागि बबरमहलस्थित कार्की ब्याङक्वेटमा अखिल फोर्सको राष्ट्रिय भेला राखिएको जानकारी दिए । उक्त भेलालाई पार्टीका वरिष्ठ नेता नेपालले सम्बोधन गर्नेछन् ।उक्त भेलाको तयारीस्वरुप आज (बिहीबार) उपत्यकास्तरीय विशेष भेला…