प्रदेश सरकारले प्रदेश नं ५ मा कोभिड–१९ को जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी सीमा व्यवस्थापन र नियन्त्रणलाई थप कडाइका साथ प्रभावकारी बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सीमा क्षेत्रको आवागमनलाई थप कडाइका साथ प्रभावकारी बनाउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले जारी गर्नुभएको…