रसुवा १ जेष्ठ । रसुवाका दुई अस्पतालमा स्वाब कलेक्सन बुथ सञ्चालनमा आएको छ । स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण हुनबाट जोगाउन धुन्चेमा रहेको रसुवा अस्पताल र जीवजीवेमा रहेको जीवजीवे ग्रामीण अस्पतालमा बुथ सञ्चालन ल्याइएको हो । नेपाल इन्जिनियरिङ एसोसिएसन वाग्मती प्रदेशले दुईवटा अस्पताललाई बुथ हस्तान्तरण गरेको हो । कोरोनाको शंकास्पद बिरामीको स्वाब कलेक्सनको लागि बुथ सञ्चालनमा ल्याइएको…