पाल्पा १२ बैशाख । परीक्षणका रूपमा लगाइएको सयपत्री फूलले पहिलो उत्पादनमा नै राम्रो आम्दानी दिएपछि पाल्पा, रामपुर नगरपालिका –४ बस्ने दिलबहादुर थापाले पुष्प व्यवसाय विस्तार गर्नुभयो । बन्दाबन्दीले गर्दा दुई रोपनी जग्गामा लगाइएको सयपत्री बोटमै ओइलाएर खेर गएको छ । लकडाउनले बजारमा बिक्री गर्न नपाउँदा रु तीन लाख भन्दा बढी नोक्सान भएको थापा बताउनुहुन्छ ।थापाले…