अर्थ-वाणिज्य

नीति तथा कार्यक्रम बहुमतले पारित, विकास वजेट रोेकेर भएपनि कोरोना नियन्त्रण गरिने मुख्य मन्त्रीः पोख्रेल



बुटवल १६ जेठ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोभिड १९ को संक्रमणका कारण सुस्ताएको अर्थ व्यवस्था अर्को वर्षदेखि चलायमान हुने आशा गर्नुभएको छ । उहाँले प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि विकास निर्माणका काम कोभिड १९ को संक्रमण स्थीर हुनासाथ सकृय हुनेगरी उल्लेख गरिएको बताउनु भयो । प्रदेश सभाका सांसदहरुले उठाएका प्रश्नहरुको उत्तर दिने क्रममा शुक्रवार प्रदेश सभामा बोल्दै मुख्यमन्त्री पोखरेलले कोरोनाबाट उत्पन्न जोखिम सरकारको प्रयासबाट मात्र संभव नभएकोले यसमा सवैको सहयोग र योगदान महत्वपूर्ण रहेको कुरामा जोड दिनुभयो । 

            संक्रमण अहिलेपनि बढ्दो क्रममा रहेकोले यो स्थीर नहुँदासम्म जनजीवन सामान्य वन्न नसक्ने भन्दै उहाँले अहिले देखिएको चुनौतिको सामना सवै मिलेर गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री पोखरेलले भारत र नेपालको भौगोलिक अवस्था करिव समान भएकोले त्यहाँजस्तै जोखिम यहाँपनि हुन सक्ने भएकोले आफूहरु सजग रहेको बताउनु भयो । 

        प्रदेशभित्रका प्रयोगशालाको क्षमता बढाउने, क्वारेन्टिनको सुधार गर्ने र आईसोलेसन अस्पतालको विस्तारका साथै प्रदेश सरकारले कोभिड १९ को चुनौति सामना गर्नसक्ने क्षमता विकास गरेको स्पष्ट गर्नुभयो । अहिलेको अवस्थामा विकास निर्माणका काममा स्वाभाविक रुपमा सुस्तता आएको  भन्दै उहाँले विस्तारै यसको जोखिम कम हुँदै गएपछि विकासले गति लिने आशा राख्नुभयो । मुख्यमन्त्री पोखरेलले चालू आवमा कुल वजेटको ९० प्रतिशत वजेट खर्च गर्ने योजना रहेकोमा तेस्रो चौमासिकमा आउँदा कोरोनाले खर्च गर्न नसकिएको बताउनु भयो ।

        तेस्रो चौमासिक काम गर्ने मौसम र अवधी हो त्यही समयमा कोरोना महामारी आयो उहाँले प्रदेश सरकारका कारण समस्या आएको भन्दा पनि विश्वमा आएको कोरोना महामारीेले खर्च गर्न नसकिएको स्पष्ट पार्नु भयो । नीति तथा कार्यक्रम माथी प्रदेश सदस्यहरुले उठाउनु भएको जिज्ञासामा मुख्य मन्त्री पोखरेलले भारतवाट पछिल्लो समयमा आएका नेपालीले गर्दा समस्या बढेको खुलासा गर्नुभयो ।

        सीमामा आएका नेपाली नागरिलाई समयमै व्यवस्था गर्न नसक्दा प्रदेशमा कोरोना फैलिएको भन्दै उहाँले महामारी हुनवाट रोक्न प्रदेश सरकार सफल भएको दावी गर्नुभयो । कोभिडले प्रदेश सरकारको भूमिका स्थापित गरेको उहाँको दावी छ । मुख्यमन्त्री पोखरेलले ७६ प्रतिशत संकमित कपिलवस्तु र वाँकेमा रहेको बताउदै कठिन अवस्थावाट नेपाल आउँदा त्यस्तो भएको बताउनु भयो । उहाँले तराईका जिल्लामा क्वारेन्टाईन भरिएकाले पहाडका जिल्लामा पनि संक्रमणको दर बढने बताउनु भयो । आउदो साउनसम्ममा कोरोना बढने क्रम रोकिने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।

            आईसोलशन सेन्टर र कोरोना विशेष अस्पताल तराईका जिल्लामा दुई सय र पहाडी जिल्लामा ५० शैया अस्पताल बनाउने काम शुरु गरिएको पोखरेलको भनाई छ । उहाँले मुलुकभरी १ लाख १७ हजार ४४ जना अटाउने क्षमताको क्वारेन्टाईन रहेकोमा प्रदेश ५ मा मात्र ४० हजार ५ सय ८३ जना राख्न मिल्ने क्षमताको क्वारेन्टाई रहेको खुलासा गर्नु भयो । प्रदेशको विकासको वजेट रोेकेर भएपनि कोरोना नियन्त्रणमा लगाईने उहाँले बताउनु भयो ।

        मु्ख्य मन्त्री पोखरेलले केन्द्रीय सरकारले ल्याएको वजेट र प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा मेल खाएको बताउदै मुलुकको समस्या प्रदेशले पहिचान गरेको दावी गर्नु भयो । मुख्य मन्त्री पोखरेलले प्रदेश सदस्यहरुले उठाउनु भएका सुझावलाई समेटी वजेट तर्जुमा गरिने पनि बताउनु भयो । प्रदेश सभाको शुक्रवारको वैठकमा २६ जना सभासदहरुले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । प्रदेश सरकारद्वारा प्रस्तुत २०७७।०७८ को नीति तथा कार्यक्रम प्रदेश सभावाट शुक्रवार नै बहुमतले पारीत भएको छ । 

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६