काठमाडौं , १४ जेठ । नेपाल सरकारले आजको प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ । दिउँसो २ बजे बस्ने संसद बैठकमा कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा…