प्रदेश

कोरोना रिपोर्ट नेगेटिभ आउँदैमा कोरोना मुक्त रहेछु भन्ने नसोच्नुस्: स्वास्थ्य मन्त्रालय



काठमाडौं, १३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक पटक कोरोना परीक्षण गरेपछि आफूमा संक्रमण भएको छैन भनेर ढुक्क नहुन सर्वसाधारण्मा आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले एक पटक कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आउँदैमा ढुक्क भएर नबस्न आग्रह गरेका गर्नुभएको हो ।

        मानिसहरु कोरोना नेगेटिभ आएको रिपोर्ट सामाजिक संजालमा समेत सार्वजनिक गर्दै आफू कोरोना मुक्त रहेको समेत बताउन थालेपछि यसविषयमा प्रवक्ता डा. देवकोटाले सबैमा सचेत रहन आग्रह गर्नुभएको हो । अहिले कोरोना परीक्षण गर्ने कतिपय व्यक्तिहरुले आफ्नो नेगेटिभ रिपोर्ट आएको भन्दै सामाजिक सञ्जालमा आफ्नो विवरण नै समेत सार्वजनिक गर्ने गरेको पाइन्छ ।

      अहिले परीक्षणको दायरा बढेसँगै कतिपयले कोरोना परीक्षण गराउनु भएको छ, उहाँहरुले नेगेटिभ नतिजा आउने वित्तिकै अब मलाई कहिल्यै कोरोना लाग्दैन, कोरोनाबाट मुक्त रहेछु भन्ने बुझाई सही होइन,  प्रवक्ता डा. देवकोटाले एक पटक कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आउँदैमा कोरोनाबाट मुक्त नभइने बताउनुभयो ।  कोरोना निको भएर घर फर्किएकाहरुमा पुन पोजेटिभ देखिन सक्ने भन्दै कोरोना निको भएकाहरुलाई पनि सजक रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६