मकवानपुर २५ चैत्र । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिरामी बोक्ने एम्बुलेन्समा निजी अस्पतालका कर्मचारी ओसारेको पाइएपछि नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा निजी अस्पतालको कर्मचारीहरु ओसार्न एम्बुलेन्स प्रयोग हुने गरेपछि प्रहरीले सक्रियता बढाएको हो । प्रहरीले ना ४च १७७७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएर अबदेखि यस्तो नगर्ने प्रतिबद्धता जनाएपछि छाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ…