प्रदेश

एम्बुलेन्समा कर्मचारी, दूध बोक्ने गाडीमा मदिरा



 मकवानपुर २५ चैत्र । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिरामी बोक्ने एम्बुलेन्समा निजी अस्पतालका कर्मचारी ओसारेको पाइएपछि नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा निजी अस्पतालको कर्मचारीहरु ओसार्न एम्बुलेन्स प्रयोग हुने गरेपछि प्रहरीले सक्रियता बढाएको हो । प्रहरीले  ना ४च १७७७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएर अबदेखि यस्तो नगर्ने प्रतिबद्धता जनाएपछि छाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी प्रहरीले दुग्द्य सामग्री बोक्ने भनेर लेखिएको अटोमा मदिरा बोकेको पाइएपछि पक्राउ गरेको छ । प्रहरीले मकवानपुरगढी गाउँपालिका–५ स्थित श्रृजना दुग्ध उत्पादक सहकारी संस्थाको दुध बोक्ने अटोलाई मदिरासहित नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त अटोमा रहेको करिब १४० लिटर मदिरा जफत गरेको छ । 

प्रकाशित : २५ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६