प्रदेश

उपचार नपाउदा मृत्यू : चेकजाँच गरेर इमरजेन्सीमा भर्ना गरेपछि भैरहवा रिफर गरिएको हो : डा. क्षेत्री ,महिलाको मृत्यू युनिभर्सल मेडिकलले भर्ना नलिदा भएको प्रजिअ पौडेलको प्रष्टोक्ति


२४ चैत्र २०७६, सोमबार


तौलिहवा २४ चैत्त  ज्वरो आएका विरामीसंग चिकित्सक डराएर उपचार गर्न नमान्दा कपिलवस्तुमा एक  महिलाको ज्यान गएको छ । जिल्लाको यशोधरा गाउँपालिका वडा नं ७ रंगपुरकी ३८ बर्षीय कलामुन निशाको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजले उपचार गर्न अस्वीकार गरेपछि मृत्यु भएको हो ।
    आइतबार राति ज्वरोले च्यापेपछि निशालाई ११ वजे कपिलवस्तु अस्पताल तौलिहवा ल्याइएको थियो । त्यहाँ अस्पतालले  इमरजेन्सीमा भर्ना गरेर आधा घण्टा राखेपछि ज्वरो बढ्दै जाँदा भैरहवाकालागि रिफर गरेको थियो । भैरहवा मेडिकल कलेजले उनलाई भर्ना नलिए पछि राती घरमै फर्काइएको थियो ।  पुनः विहान पख कपिलवस्तु अस्पताल ल्याएको स्थानीय अब्दुल महिद खाँले  बताउनुभयो ।
    मृतक निशालाई ६ दिन पहिला  ज्वरो आएपछि स्थानीय मेडिकलवाट ल्याव परिक्षण विना  टाइफाइडको औषधी खुवाइएको थियो । टाईफाइट भएको भन्दै स्थानीय मेडिकलले दिएको अषधिले काम नगरेपछि उनलाई आइतबार राति अस्पताल ल्याइएको  स्थानीय करम हुसेन खाँले बताउनुभयो । सामान्य ज्वरो आएका विरामीलाई अस्पतालले भर्ना नगर्दा अकालमै महिलाको ज्यान गएको यशोधरा ७ का वडा सचिव हलिम मुसलमानले  दावि गर्नुभयो ।
     तौलिहवा अस्पत्तालमा विरामी पहिलो पटक आउदा आफूले चेकजाँच गरेर आधा घण्टा सम्म ज्वरो रोक्ने सबै प्रयास गरेपनि नसकेपछि भैरहवालाई रिफर गरेको डा. गणेश क्षेत्रीले वताउनु भयो । आज विहान पख ल्यादा अन्तिम अवस्थामा विरामी पुगको र केहि गर्न सक्ने स्थिती नै नरहेको उहाले वताउनु भयो । सायद चेकजाँच विना टाइफाइडको उच्च डोजको औषधी चलाएपछि यस्तो भएको हुनु पर्छ उहाले भन्नु भयो ।
    अस्पत्तालले भर्ना गर्न मानेन र चिकित्सकले चेकजाँच गरेनन भन्ने आरोप निराधार हो । मसंग चेकजाँच गरेका प्रमाण अस्पत्तालमा सुरक्षित छन् । विरामीको अवस्था हेरेर छिटै भैरहवा रिफर गरेर जवाफदेहीता पूर्ण काम गरेको हु डा. क्षेत्रीले दावि गर्नु भयो । यता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले तौलिहवा अस्पत्तालमा विरामीलाई अस्पतालले भर्ना नगरेको  चिकित्सकले चेकजाच नगरेको भन्नु गलत हो   भन्नु भयो ।
    भैरहवाले भर्ना लिन नमानेर गैर जिम्मेवारी ब्यवहार देखाएछ त्यसलाई कारावहीको दायरामा ल्याउन उचित पहल गरिनेछ भन्दै तौलिहवा अस्पत्तालवाट गैर जिम्मेवारी पूर्ण ब्यवहार नभएको आफूले पाएको प्रष्टाउनु भयो । 

प्रकाशित : २४ चैत्र २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे