प्रदेश

प्रधानमन्त्रीबाट राष्ट्रका नाममा सम्बोधन शुरु



काठमाडौँ २५ चैत्र ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ ।सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिम रोक्न सरकारले लिएको कदम, जारी लकडाउनमा नागरिकको साथ, स्वास्थ्य सेवा, परीक्षण र उपचारबारे सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले सिङ्गो विश्वको मानव जगत्मा ७४ हजारभन्दा बढीको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेकामा निधन भएका सबै नेपाली र विश्वका नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै उपचारतहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले नेपालमा साझा प्रयत्नले सङ्क्रमितको सङ्ख्या नौ जना मात्र भए पनि जोखिम कायमै रहेको उल्लेख गर्दै लकडाउनका कारण प्रभावित मजदुर, विद्यार्थी र व्यावसायीलाई सहानुभूति व्यक्त गर्नुभएको छ । उक्त सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिएको छ ।यसअघि प्रधानमन्त्री ओलीले सो विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित : २५ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६