गोर्खा, १४ असार । शनिबार कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, सर्लाही लगायतका तराईका जिल्लाहरूबाट प्रवेश गरेको सलहको झुण्ड गोरखाको बारपाकसम्म पुगेको छ। सलह शनिबार पाल्पामा पनि देखा परेको बताइएको छ । गोरखाको सुलिकोट बारपाक गाउँपालिका–७ का वडाध्यक्ष कृष्ण गुरूङले गाउँपालिकामा सलह कीराको एक हुल देखिन आएको जानकारी दिएका छन्। पहाडी जिल्लाहमा समेत सलह कीरा फैलिएपछि स्थानीयहरू चिन्तित बनेका…