काठमाडौं, १५ जेठ । नेपालमा गणतन्त्र घोषणा भएको आज १२ वर्ष पूरा भई तेह्रौँ वर्ष प्रवेश गरेको छ । दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । तत्कालीन जनआन्दोलन २०६२\६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक…