विराटनगर ६ जेष्ठ । प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस कोभिड १९ संक्रमित थपिएका छन् । झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा संगीता मिश्राले पुष्टि गरिन् ।उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो ।…