काभ्रे ९ फाल्गुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा र व्यवहारिक शिक्षालाई व्यापक रुपमा विस्तार गरेर रणनीतिक ढंगले अगाडी बढ्नुपर्ने आवश्यकता रहेका बताउनुभएको छ । अहिले सरकारले लिएको लक्ष्य ‘समृद्ध नेपाल, सुखि नेपाली’को नारालाई साकार पार्न दक्ष जनशक्ति उत्पादन गरेर मात्रै सम्भव भएकाले त्यसतर्फ सिंगो मुलुक केन्द्रीत हुन आवश्यक रहेको उहाँले बताउनुभयो…