महोत्तरी, २९ बैशाख । महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् । बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो । मृतक ठाकुरको टाउकोमा गम्भीर चोट देखिएको छ ।बिहानभरि आफ्नै बस्ती वरिपरि देखिएका ठाकुर मध्याह्नपछिको अवस्था बारे अनुसन्धान गरिने प्रहरीले जनाएको…