सुदूरपश्चिम

धारिलो हतियार प्रयोग गरी कञ्चनपुरमा एक जनाको हत्या



कंचनपुर, २१ असार । कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । पुनर्वास नगरपालिका–५ मा शनिबार राति धारिलो हतियार प्रहार गरी स्थानीय ५० वर्षीय गोपाल कुँवरको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार हत्यामा संलग्नको पहिचान भइसकेको छ ।

        प्रहरीका अनुसार घटनामा संलग्न देखिएका गौरव खड्का फरार छन्, खोजी भइरहेको छ । सामान्य विवादमा कुँवरको हत्या भएको स्थानीयले बताएका छन् । घटनाको विषयमा सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २१ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६