मधेश

४ हजार घुससहित अधिकृत र लेखापाल पक्राउ



सर्लाही, १० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्लाहीमा लेखा अधिकृत र लेखापालाई घुस सहित पक्राउ गरेको छ । हरिपुर नगर कार्यपालिकाको कार्यालयका लेखा अधिकृत र लेखापाललाई चार हजार घुससहित टोलीले पक्राउ गरेको हो ।

        अख्तियारले लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रन्जित कुमार राय यादवलाई मंगलबार चार हजार रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ । अख्तियार स्रोतका अनुसार विज्ञापन प्रकाशन बापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीका आधारमा  घुससहित पक्राउ गरिएको हो ।

प्रकाशित : १० असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६