रूपन्देही, २५ पौष । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य शक्ति गौचनले रूपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनको दोस्रो सातासम्म तयार हुने बताएका छन्। तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधीन मैदानमा रहेका सात वटा पिच फागुनदेखि प्रतियोगिताका लागि योग्य हुने गौचनले जानकारी दिएका हुन्। उनी रंगशालाको ब्राण्ड एम्बासडर हुन्। गौचनले यो मैदानको उद्घाटन…