कपिलवस्तु, १८ साउन ।कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं १ महाराजगंजमा १० वर्षीय बालक देवराजको सर्पको टोकाइबाट मृत्यु भएको छ। स्थानीय युवा अभिषेक यादवका अनुसार बालकलाई सर्पले टोकेको केही समयपछि उनको स्वास्थ्य अवस्था गम्भीर हुन थाल्यो। तत्कालै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको थियो, तर चिकित्सकले उनलाई बचाउन सकेनन्। यो दुःखद घटना स्थानीय समुदायमा ठूलो शोकको कारण…