कपिलवस्तु, असार ३ कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य मोहन आचार्यले कपिलवस्तुको जगदीशपुर ताललाई रामसार सिमसार क्षेत्रको सूचीबाट हटाई कृषि, सिँचाइ तथा पर्यटन विकासका लागि उपयोग गर्न सरकारसँग माग गरेका छन्।संघीय संसदको शून्य समयमा बोल्दै सांसद आचार्यले बाणगंगा सिँचाइ आयोजना अन्तर्गत निर्माण गरिएको जगदीशपुर ताल एशियाकै ठूला मानव निर्मित तालमध्ये एक भएको…