कास्की, ६ असार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको शासन व्यवस्थालाई थप बलियो बनाउने गरी सञ्चारकर्मीले समाचार लेख्नुपर्ने बताउनुभएको छ । संसदीय पत्रकार मञ्च गण्डकीको आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘संसदीय र अदालती रिपोर्टिङ’ तालिम उद्घाटन गर्दै उहाँले सरकार सञ्चालनका कमिकमजोरी उजागार गर्नुपर्ने तर सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाप्रति नागरिकमा वितृष्णा आउने समाचार सम्प्रेशण गर्न नहुने…