काठमाण्डौ, ३० साउन । अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सिंहदरबारमा आज सोमवार भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गर्नुभयो । सरकारले कृषि औजार कारखानालाई सञ्चालन गर्ने निर्णय गरेकाले ती कारखानाको अहिलेको अवस्था अध्ययन गरी त्यसलाई सञ्चालन गर्न आवश्यक…