काठमाण्डौं, ३१ असार ।गृहमन्त्री बालकृष्ण खाँणले संविधानमा भएको प्रावधानहरुको आधारशिलामा उभिएर नै सरकारले नागरिकता सम्बन्धी विधेयक ल्याएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खाँणले संविधानको भावना अनुसार नै नागरिकता विधेयक ल्याइएको दावी गरे । उनले यसअघि २ वर्ष लगाएर…