हरि घिमिरे, १९ कार्तिक ।कपिलवस्तु, रुपन्देही, र आसपासका जिल्लामा सोमबार परेको अविरल वर्षासँगै असिनापातले किसानहरूको मुहारमा चिन्ताको रेखा थपिदिएको छ । काटेर खेतमै थुपारेर सुकाउने क्रममा रहेका धानका बाला वर्षाको पानीले भिज्न पुगेपछि किसानहरूले ठूलो क्षतिको सामना गर्नुपरेको छ। मौसम पूर्वानुमानको स्पष्ट जानकारी नहुँदा किसानहरूलाई तयारी गर्न पनि कठिन भएको बताइन्छ ।धेरै मेहनत गरेर धान…