कपिलवस्तु, १४ वैशाख । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले कपिलवस्तु सामुदायिक अस्पतालको विकासमा सहयोग पुर्याउने बताएका छन् । उनले नियम कानुनले दिए सम्म अस्पतालको विकासमा सदैव लाग्ने जनाएका छन् । उनले स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले यसको विकासको लागि कसैले पनि अप्ठ्यारो पार्न नहुने बताए । शुक्रबार कपिलवस्तु सामुदायिक अस्पतालमा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रमलाई…