पोखरा, ०४ वैशाख ।नेपाली कांग्रेस पोखरा महानगर समितिले पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेदवार बन्न चाहनेलाई पार्टी उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ । महानगर समितिको सचिवालयले हिजो सूचना निकालेर नाम दर्ता गराउन आह्वान गरेको हो । आज ४ बजेभित्र कांग्रेस नगर कार्यसमितिको सचिवालयमा आकाङ्क्षी आफैँ उपस्थित भइ नाम दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ ।…