कपिलवस्तु, २५ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रूपान्तरणका लागि मिडिया क्षेत्रबाट निरन्तर खबरदारी चाहिने बताएका छन् । उनले तथ्यमा आधारित भएर सुशासन, पारदर्शिता, जबाफदेहिता र भ्रष्टाचार नियन्त्रणका लागि मिडिया क्षेत्रबाट खबरदारी गर्न आग्रह गरेका हुन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा मंगलबार घोराहीमा मिडिया मन्थन पुस्तकको विमोचन समारोहलाई…