कपिलवस्तु, भाद्र २१ । नेकपा (एमाले)केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथीले स्व. भानुभक्त ढूगानाको सामाजिक एवम् शैक्षिक क्षेत्रमा स्मरण योग्य योगदान रहेको बताउनु भयो । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री एवम् प्रदेश सभा सदस्य पंथीले स्व. भानुभक्त ढूगाना र ढुंगाना परिवार जस्ता थुप्रै परिवारका सदस्यले सडक दूर्घटनाका कारण ज्यान गुमाउन परेको चर्चा गर्नु भयो । नेता पंथीले स्व.भानुभक्त ढूगानाको संझनामा नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुद्धारा गजेहडामा शुक्रबार आयोजित जिल्ला स्तरीय श्रद्धाञ्जली सभामा शोक मन्तब्य राख्दै यस्तो धारणा राख्नु भएको हो ।
शोक मन्तब्य राख्दै नेकपा (एमाले)का केन्द्रिय निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेलले एक असल, शैक्षिक एवम् सामाजिक ब्यतित्व गुमाउदा आफुलाई निकै पिडा महशुस भएको धारणा राख्दै स्व. भानुभक्त ढूगानाको निधन निकै ओझीलो भएको बताउनु भयो । श्रद्धाञ्जली सभामा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य द्रोणराज सुवेदीले शोक मन्तब्य राख्दै एउटा सामाजिक एवम् कम्युनिष्ट पार्टीको परिवार र सादकी जीवनको उदाहरण स्व.भानुभक्त ढूगाना परिवारबाट सहजै सिक्न सकिने धारणा राख्नु भयो ।श्रद्धाञ्जली सभामा एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डेले स्व. भानुभक्त ढूगानाको योगदान सामाजिक एवम् शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
श्रद्धाञ्जली सभा नेकपा (एमाले) जिल्ला उपाध्यक्ष शंकर पाण्डेको अध्यक्षता एमाले जिल्ला उपसचिव देवी बहादुर पोख्रेलको संचालन संचालनमा सम्पन्न भएको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ । स्व. भानुभक्त ढूंगाना होराइजन आवासिय मा.वि. सिद्धिपुरमा शिक्षण पेशामा कार्यरत हुनुहुनथ्र्यो ।
श्रद्धाञ्जली सभामा एमाले लुम्बिनी प्रदेश कमिटी एवम् बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यहरु धर्मराज भुसाल, एमाले नेता मित्रलाल शर्मा लगायतका नेता, कार्यकता एवम् स्थानियबासी एवम् शुभेच्छुकहरुको उपस्थिती रहेको थियो । स्व. भानुभक्त ढूंगानाका दुई छोरी र एक छोरा रहेका छन् । स्व. भानुभक्त ढूगानाको यही श्रावण २९ गते सवारी दूर्घटनामा परी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा भाद्र ११ गते निधन भएको थियो ।
प्रतिक्रिया