चितवन, २९ वैशाखः यहाँको कालिका नगरपालिकाले नगरप्रमुखको गाडी किन्ने बजेटबाट शववाहन खरिद गरेको छ । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा नगरप्रमुखको सहित तीन वटा गाडी जलेको थियो । प्रमुखले मोटरसाइकल प्रयोग गरेर शववाहन खरिद गरिएको हो । नगरप्रमुख विनोद रेग्मीले ३१ लाख रुपैयाँमा शववाहन खरिद गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकामा एउटा पनि गाडी…