पोखरा २३ भदौँ। अस्पतालका दुई महिला सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा पोखराको हिमालय आँखा अस्पतालका लेखा अधिकृत वामदेव सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालले बताए । अधिकृत सुवेदीलाई करणीसम्बन्धी कसुरमा मुद्दा परेपछि गिरफ्तार गरिएको प्रवक्ता हमालले बताए…