बुटवल, ११ असोज । लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायी सम्बद्ध व्यक्तिहरूबाट भएको हातपात र अभद्र व्यवहारको विभिन्न ९ राजनीतिक दलहरूले निन्दा गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा क्रियाशील दलहरूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रियसभाका सदस्यहरू सहभागी कार्यक्रम स्थलमै पुगेर हुल हुज्जत गर्दै कोषका उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवलाई गाली गलौच गर्नुका साथै…