नेपालगन्ज, ३१ वैशाख । बाँके जिल्लाबाट निर्वाचित हुनुभएका लुम्बिनी प्रदेश सभाका दुई जना सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी ९जसपा० मा खुल्नुभएको छ। प्रदेश सभा सदस्य आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा पुगेर जसपाको पक्षमा सनाखत गरेको प्रदेश सभा सदस्य अग्रवालले बताउनुभयो। उहाँले आफू र लुम्बिनी प्रदेशका कृषि…