अर्घाखाँची, १९ फागुन । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ मा रहेको टुँडिखेलमा आगलागीका घटना न्यूनीकरण गर्न कृत्रिम घटना सृजना गरी नियन्त्रणको पूर्वअभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिसले संयुक्तरुपमा ‘डेमो’ प्रदर्शन गरेका हुन् । हावाहुरीको समय भएकाले आगलागीका घटना हुन सक्ने हुँदा यसबाट बच्ने उपायसहित पूर्वअभ्यास गरिएको…