प्रदेश

गैरआवासीय राजदुतहरुको लुम्बिनी सम्मेलन सकियो



लुम्बिनी, १० चैत्र । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई कुटनितिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ । परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर कर्प नेपालको दुई दिने सम्मेलनको अन्तिम दिन शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीको उपस्थितीमा विभिन्न देशका गैरआवासीय राजदुत र महावाणिज्य दुतहरुले बुद्धको शान्ति र अहिंसाको मार्गलाई कुटनितिक शक्तिका रुपमा प्रयोग गर्दै शान्ति र समृद्धिको नेतृत्व गर्न सकिने सन्देश दिएका हुन् ।

मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको विश्वमा विभिन्न प्रकारको द्वन्दहरु देखा परेकाले त्यसका लागि बुद्धभूमि नेपालबाट पहल गर्न सकिने बताए । उपप्रधानमन्त्री श्रेष्ठले बुद्वको शिक्षा वैज्ञानिक र व्यवहारिक रहेको बताउँदै लुम्बिनी सम्मेलनले विश्वमा शान्ति, करुणा र अहिंसाको सन्देश दिन सफल हुनुपर्ने बताए ।

बुद्वले आफैलाई चिन्नुपर्छ भनेर दिएको शिक्षा आजको विश्वमा झन बढी अपरिहार्य बन्दै गएको उनले बताए । उनले बुद्व दर्शनमा सबैभन्दा महत्वपूर्ण पाटोका रूपमा ध्यान (मेडिटेशन) रहेकाले यसलाई विश्वव्यापी बनाउनुपर्ने बताए । उनले मन केन्द्रीत गरिने ध्यान बौद्व धर्ममा मात्रै सीमित नरहेको बताए । ’तपाईं ख्रिस्टियन हुनुहोस, मुस्लिम वा हिन्दु, तर मेडिटेशन सबैले गर्दा मन शान्ति हुन्छ’ उनले भने । उनले बुद्व जन्मस्थल लुम्बिनीजुनसुकै धर्म मान्नेहरूले अंगिकालाई लिन सकिने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले खुशि, शान्ति र सन्तुष्टिका साथ बाच्नका लागि बुद्ध शिक्षा महत्वपूर्ण हुने बताए । बुद्धले जबसम्म परीक्षण गरेर सत्य स्थापित हुदैन तबसम्म विश्वास नगर भनेर भनेको सन्दर्भ उल्लेख गर्दै बुद्धजन्मस्थलबाट विश्वमा शान्ति र समृद्धिको सन्देश दिन पाउँदा निकै खुशी लागेको बताए ।

कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङले बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गरिएको लुम्बिनी सम्मेलनले विश्वमा बौद्ध शिक्षा र यसको सन्देश पु¥याउने विश्वास लिए । उनले लुम्बिनी गुरुयोजनाका बाँकी काम र बृहत्तर लुम्बिनीको विकासमा प्राथमिकताका साथ काम गर्ने बताए ।

यस्तै लुम्बिनीमा आएका विभिन्न देशका गैरआवासीय राजदूत र महावाणिज्यदुतहरुलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा (खेन्पो छिमे) ले बौद्ध दर्शनले विश्वमा शान्ति र अहिंसा कायम गर्न महत्वपूर्ण योगदान गर्ने बताए । उनले विश्व शान्ति प्रवद्र्धनमा गर्ने र विश्वमा देखिएको द्धन्द्ध समाधान गरि सहिष्णुता कायम गर्ने बताए । उपाध्यक्ष डा। लामाले बुद्धका शिक्षाहरु विश्भर फैलाउन सक्दा शान्ति, करुणा, सदभाव कायम गर्न सकिने भएकाले यसको सन्देश प्रचार गर्न आग्रह गरे ।

विहिबारदेखि शुरु भएको सम्मेलनमा विभिन्न १९ देशका गैरआवासीय राजदूत, विभिन्न देशका वाणिज्यदूतहरु र सरकारी अधिकारीहरु बुद्धजन्मस्थल लुम्बिनीमै आएर बुद्व, शान्ती र समृद्विका लागि एकताबद्ध भई सन्देश दिएका हुन । बुद्धको पवित्र जन्मस्थलमा आएर सम्मेलनमार्फत विश्वभमा बढ्दै गएको द्वन्द र अहिंसालाई त्याग्दै शान्तिबाटै समृद्धिको बाटोमा जान महत्वपूर्ण सन्देश दिन सकिएको आयोजक अनरी कन्सुलर कर्प नेपालका डिन विष्णु कुमार अग्रवालले बताए ।

मायादेवीमा भएको कार्यक्रममा इन्डोनेशियाका राजदुत एनआर हेरु, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बोलेका थिए । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोषका पदाधिकारी, बोर्ड सदस्य, पर्यटन व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।

सम्मेलन अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी भएका हुन ।

प्रकाशित : १० चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६