पाल्पा, ०४ चैत्र । पाल्पाका विद्यालयमा अपराध नियन्त्रण सम्बन्धि पाठ्यसामग्री पढाइने भएको छ। जिल्लाका स्थानीय तहले लागू गरेका स्थानीय पाठ्यक्रममा प्रहरीले तयार गरेको सामाजिक अपराध नियन्त्रणसम्बन्धी पाठ्यसामग्री समावेश गरिने भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाले पाठ्यसामग्री लागू गरेर विद्यार्थीलाई पढाउनका लागि तीनवटा पालिकासँग सहमति गरेको प्रहरी निरीक्षक श्रीराम भट्टले बताए। उनका अनुसार शुक्रबार रिब्दीकोट गाउँपालिकासँग…