कपिलवस्तु, कात्तिक २८ कपिलवस्तुको बाणगंगामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाको अध्यक्षमा सुष्मा खाँणलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।निर्वाचन परिणाम सार्वजनिक भएपछि नवनिर्वाचित अध्यक्ष खाँणसहित सम्पूर्ण कार्यसमितिलाई आतिथ्य एवं उपस्थित सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो…