काठमाडौँ, २४ भदौ । गौ हत्याविरुद्ध र्यालीसहित जिल्ला प्रशासन कार्यालय पाल्पा अगाडि विरोध प्रदर्शन गरिएको छ । विश्व हिन्दु महासंघ पाल्पा र ओमकार परिवारले संयुक्त आयोजनामा विरोध प्रदर्शन गरेका हुन् । धरानलगायत देशका विभिन्न स्थानमा गौ हत्या गरेकाहरुलाई कारबाहीको माग गर्दै र्याली आयोजना गरिएको विश्व हिन्दु महासंघ पाल्पाका अध्यक्ष कमलराज पौडेलले बताए । र्यालीमा सहभागीहरूले…