ब्रेकिंग न्युज

सर्पको टोकाईबाट एकै घरका दुई दिदीबहिनीको ज्यान गयो



कपिलवस्तु, १७ असोज । कपिलवस्तुको बाणगंगामा सर्पले डसेर एकै घरका दुई दिदीबहिनीको ज्यान गएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड जिनुवा स्थित मोतिलाल क्षेत्रीका छोरीहरु ३ वर्षीय रितिका क्षेत्री र ८ वर्षिय इशिका क्षेत्रीलाई मंगलबार राति सर्पले डसेको हो । उनीहरु दुबैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।

मङ्गलबार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका– ९ भलवाडका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा. डा.नेत्रबहादुर रानाले जानकारी दिुन भयो ।

३ वर्षीया रीतिका क्षेत्रीको बिहान मृत्यु भएको थियो भने ८ वर्षीया इशिका क्षेत्रीको भने बार साँझ करिब ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. रानाले जानकारी दिनुभयो ।

उनीहरुलाई गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बुबा मोतीलाल क्षेत्रीले बताउनुभयो । सर्पले डसेको थाहा पाएपछि दुबैलाई बिहान ४ बजे उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो । अचेत अवस्थामा रहेकाले थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको सर्पदंश उपचार केन्द्रमा वातावरणीय व्यवस्थापक नवीन भण्डारीले बताउनुभयो ।

प्रकाशित : १८ आश्विन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६