दाङ १५ कार्तिक । । दाङका तीन पालिकाले तिहारको समयमा प्लास्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गरेका छन्।तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकापछि मंगलबार राप्ती गाउँपालिकाले प्लास्टिकजन्य माला प्रयोग नगर्न अपिल जारी गरेको हो।राप्तीले प्राकृतिक फूलमालाको उपलब्धता सहज होस् भनेर आफ्नो क्षेत्रभित्र फूल खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बर पनि सार्वजनिक गरेको छ।लुम्बिनी प्रदेशको…